पोपले संयमता गुमाए



भ्याटिकन सिटी, (एजेन्सी)।

नयाँ वर्षको पूर्वसन्ध्यामा पोप फ्रान्सिस उपस्थित श्रद्धालुलाई आशीर्वाद दिइरहेका थिए। त्यही क्रममा एक महिलाप्रति उनले रुखो व्यवहार देखाए। पोप श्रद्धालुहरुको हात समाउँदै प्रत्यक्ष भेटमा सरिक भइरहँदा एक महिलाले उनको हात समाउँदै आफूतिर तानेका थिए।

यस घटनामा रिसाएको देखिएका पोपले छोड्न भन्दै महिलाको हातमा हिर्काएको देखिएका थिए। पछि पोपले उक्त घटनाप्रति माफी मागे। आफूनजिक पुगेर पनि अर्कोतर्फ लागेका पोपलाई बोलाउँदै ती महिलाले पोपको हात समातेर तानेकी थिइन्। सार्वजनिक प्रार्थनापछि पोप फ्रान्सिसले आफ्नो उक्त व्यवहारका लागि माफी मागे।

प्रतिक्रिया दिनुहोस्