आईएस जिम्मेवार



मस्को, (एजेन्सी)।

रुसको एक प्रहरी चौकीमा हमला गर्ने दुई जिहादी समूह इस्लामिक स्टेट (आईएस)का लडाकू भएको उक्त समूहका प्रचार निकाय अमाकले दाबी गरेको छ।

आक्रमणकारीले मंगलबार साँझ करिब साढे पाँच बजे इंगेस्टिया क्षेत्रको मगास शहरबाहिर गाडीबाट प्रहरी चौकीमा ठोक्काएको र प्रहरीमाथि चक्कु प्रहार गरेका थिए।

आईएसका दुई लडाकूले दुई सुरक्षा अधिकारीको हत्या गरेको र अन्य केही घाइते भएको स्थानीय सरकारले जानकारी दिएको थियो। आक्रमणकारीको पहिचान चर्चित कुस्तीबाज अहमद इमागोजेव र मिकाइल मिजिएवका रूपमा भएको छ। ती दुवै रुसी नागरिक हुन् र इंगेस्टियामा बस्छन्।

प्रतिक्रिया दिनुहोस्