सरकारको पेन्सन नीति सुधार



पेरिस, (एजेन्सी)।

सरकारको पेन्सन सुधार नीतिविरुद्ध शुरू भएको फ्रान्सको यातायात हडताल बिहीबार २९औं दिनमा प्रवेश गरेको छ। सन् १९६८ को मे पछिको यो फ्रान्सको अर्को सबैभन्दा लामो रेल वे कामदारको हडताल सावित भएको छ।

राष्ट्रपति इमान्युयल म्याक्रोँको प्रस्तावित सो नीतिविरुद्धको हडतालले सबैभन्दा बढी राष्ट्रिय ट्रेन सेवालाई प्रभावित गरेको छ। सरकारले प्रणालीलाई थप निष्पक्ष र दिगो बनाउन सो पेन्सन सुधार नीतिको आवश्यकता रहेको दाबी गरेको छ। तर युनियन कार्यकर्ता भने यो कुरा मान्ने पक्षमा छैनन्।

प्रतिक्रिया दिनुहोस्