आठको मृत्यु



सिड्नी, (एजेन्सी)।

दक्षिण पूर्वी अस्ट्रेलियामा सोमबारदेखि शुरू भएको वन डढेलोमा ज्यान गुमाउने संख्या बढेर आठ पुगेको बुधबार स्थानीय सञ्चार माध्ममले जनाएका छन्। दुर्घटनामा अन्य दुई व्यक्ति अझै हराइरहेका छन्।

यसै साता समुद्री तटतर्फ बढ्दै आएको यस आगलागीमा २ सयभन्दा बढी घर क्षतिग्रस्त भएका छन्। न्यु साउथ वेल्समा सात र भिक्टोरियामा एकजनाको ज्यान गएको पुष्टि भइसकेको प्रहरीले जनाएको छ। यसैबीच प्रहरीले मेलवर्नदेखि ४० किमि टाढाको भिक्टोरियाको सन्वरीका बासिन्दालाई सुरक्षित गन्तव्यमा जान भनेको छ।

प्रतिक्रिया दिनुहोस्