हल्यान्ड परित्याग



आम्स्टर्डम, (एजेन्सी)।

नयाँ वर्षको शुरुआतसँगै उत्तरी युरोपको एक देशले आफ्नो उपनाम छोड्ने छ। नेडरल्यान्डसले नयाँ वर्ष अगाडि आफ्नो उपनाम हल्यान्ड आधिकारीकरूपमा त्याग्ने घोषणा गरेको छ।

यहाँका कम्पनी, दूतावास, मन्त्रालय र विश्वविद्यालयमा जनवरी १ देखि देशलाई मात्र नेडरल्यान्डसका रूपमा चिनिनेछ। हल्यान्ड नेडरल्यान्डसकै केही हिस्सा हो।

नेडरल्यान्डको १२ प्रान्तमध्ये २ वटाको नाममा मात्र हल्यान्ड आउछ। तर मानिसहरू प्राय नेडरल्यान्डसलाई हल्यान्ड भन्ने गर्छ। देशको एक नामलाई रिलन्चका लागि सरकारले २ लाख युरोको बजेट छुट्याएको छ।

प्रतिक्रिया दिनुहोस्