इटहरी उपमहानगरद्धारा महिला फुटवल खेलाडी उत्पादन


न्युज अफ नेपाल, इटहरी । इटहरी उपमहानगरले ६० जना महिला फुटवल खेलाडी उत्पादन गरेको छ । एक महिनासम्म तालिम प्रदान गरेर महिला खेलाडी तयार गरेको हो । तालिम प्राप्त महिला खेलाडीको तीन वटा सम्म टिम वन्ने छ ।

इटहरीका सामुदायिक तथा सस्थागत विद्यालयमा अध्यनरत छात्राहरुलाई फुटवल प्रशिक्षण प्रदान गरिएको हो । प्रशिक्षण कार्यक्रमको समापन समारोहलाई सम्वोधन गर्दै इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले अन्तराष्ट्र सम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन गरिने वताउनुभयो । उहाँले पढाई सँगसँगै फुटवल खेलकुदलाई अघि वढाउन सल्लाह दिनुभयो ।

उपप्रमुख गौतमले इटहरीको नाम चिनाउने गरी खेल्न आग्रह गर्नुभयो । खेलवाटै ब्यवसायीक वन्न सकिने भएकाले त्यहि अनुरुप अघि वढन तालिम प्राप्त महिला खेलाडीलाई उत्साहित गराउनुभयो । प्रशिक्षण प्राप्त महिला खेलाडी सुनयना वानियाँले एक महिनासम्म तालिम दिएर आफूहरुको प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेकोमा इटहरी उपमहानगरलाई धन्यवाद दिनुभयो ।

अझै एडभान्स तालिम प्रदान गर्न समेत उहाँले आग्रह गर्नुभयो । एक महिना सम्म श्याम मानन्धर, विष्णु चौधरी, मणिन्द्र याख्खा, दिपेन्द्र तामाङ्ग र राजेश लुङ्गेलीले तालिम दिनुभएको हो । यसअघि इटहरी उपमहानगरले इटहरीमै पहिलो पटक अन्तरविद्यालय स्तरीय महिला फुटवल प्रतियोगिता सम्पन्न गरिसकेको छ ।