राष्ट्रिय नीति



सोल, (एजेन्सी)।

उत्तर कोरियाली सर्वोच्च नेता किमजोङ उनले मंगलबार राष्ट्रको सुरक्षा संरक्षणका लागि कूटनीतिक र सैनिक प्रतिक्रिया सक्रिय राख्नुपर्ने बताएका छन्।

सम्भवतः अमेरिकासँगको आफ्नो आणविक कूटनीतिमा महत्वपूर्ण परिवर्तनलाई वैधानिकता दिने उद्देश्यले आयोजित एक राजनीतिक सम्मेलनमा लामो भाषण दिने क्रममा उनले सो विचार प्रकट गरेका हुन्।

सत्तारुढ वकर्स पार्टीको लगातार चलेको बैठकको तेस्रो दिन किमले सात घण्टासम्म भाषण दिएका थिए। उनले राष्ट्रको आर्थिक, कूटनीतिक र सैनिक प्रतिक्रियाका लागि राष्ट्रिय लक्ष्य जारी गरेको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्