दूतावासमा हमला



बग्दाद, (एजेन्सी)।

इरान समर्थित इराकी छापामारमाथि लक्षित गरी अमेरिकाले हालै गरेको भयानक हवाई हमलाको विरुद्धमा सडकमा ओर्लेका आक्रोसित प्रदर्शनकारीहरुले मंगलबार इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण गरेका छन्।

अत्यन्तै कडा सुरक्षा प्रवद्र्धन रहेको ग्रिन जोनस्थित दूतावासमा आक्रमण हुँदा भिड तितरवितर पार्न अमेरिकी फौजले अश्रु ग्यास प्रहार गरेको थियो।

दूतावासको गार्ड टावरमध्ये एउटामा आगजनी गरिएको छ। आइतबार अमेरिकाले इराक र सिरियास्थित काताइव हिज्वोल्लासँग आवद्ध छापामार अखडाहरुमा आक्रमण गर्दा कम्तिमा २५ जनाको ज्यान गएको थियो।

प्रतिक्रिया दिनुहोस्