साँपको तस्वीरसँग डराए



जोहानेसबर्ग, (एजेन्सी)।

दक्षिण अफ्रिकाको ओआर टाम्बा विमानस्थलमा अधिकारीहरुले एक १० वर्षका केटालाई उनले लगाएको टीसर्ट फेर्न लगाइयो। उनी डिसेम्बर १७ मा न्युजिल्यान्डबाट आफ्ना परिवारसँग अफ्रिकाको भ्रमणमा आएका थिए।

ती केटाले लगाएको टीसर्टमा एउटा जीवन्त देखिने साँपको तस्वीर छापिएको थियो। आफ्ना हजुरआमा हजुरबुबासँग यात्रामा निस्केका स्टिव लुकसको टीसर्टमा काँधबाट तल झर्दै गरेको देखिने साँपको तस्वीर थियो।

उक्त साँपको तस्वीरले अन्य यात्रुलाई असहज हुन सक्ने भएकाले लुकसलाई टीसर्ट फेर्न वा साँपको प्रिन्टलाई अर्को कपडाले छोप्न अधिकारीहरुले भनेका थिए।

प्रतिक्रिया दिनुहोस्