ट्रम्पलाई धन्यवाद



मस्को, (एजेन्सी)।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशमा नयाँवर्षको अवसरमा हुन लागेको आतंककारी हमलाको योजना असफल पार्न गरेको मद्दतका लागि आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई धन्यवाद दिए।

ट्रम्पले रुसमा आतंककारी हमला हुन सक्ने आशंकाका बारेमा विशेष सेवाका माध्यमबाट जानकारी उपलब्ध गराएको क्रेमलिनले आफ्नो वेबसाइटमा एक संक्षिप्त विज्ञप्तिमा उल्लेख गरेको छ।

ट्रम्पलाई त्यसकै लागि पुटिनले धन्यवाद दिएको हो। अमेरिकाबाट उपलब्ध गराएको जानकारीका आधारमा रुसी सुरक्षा बलले दुई रुसीलाई हिरासतमा लिइएको संघीय सुरक्षा सेवालाई उद्धृत गर्दै समाचार एजेन्सी तासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्