पादरीलाई जेल सजाय



बेइजिङ, (एजेन्सी)।

चीनको अदालतले एक गैरकानुनी प्रोटेस्टेन्ट गिर्जाघरका पादरीलाई ९ वर्षको जेल सजाय दिएको छ। जेलमा रहेका भूमिगत चर्चका ती पादरीमाथि शासविरुद्ध कार्य गरेको आरोपमा मुद्दा चलिरहेको थियो।

चीनको दक्षिणपश्चिम चेंगदु शहरको एक अदालतले पादरी वाङ यीलाई अवैध कारोबार गरेकोमा दोषी ठहर्याइएको अदालतको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ।

गत वर्ष वाङ यीको अर्ली रेन कोवेनेट चर्चमा कारबाही गरिएको थियो। सन् २०१८ डिसेम्बरमा छापा मार्ने क्रममा उनलाई हिरासतमा लिइएको थियो। यस क्रममा भूमिगत चर्चका कयौं सदस्य बेपत्ता भएका थिए।

प्रतिक्रिया दिनुहोस्