चिम्पान्जीको नृत्यकला



क्योटो, (एजेन्सी)।

जापानको क्योटो विश्वविद्यालयको एक शोधले मानवमा नृत्यकला चिम्पान्जीबाट विकसित भएको जनाएको छ।

अध्ययनमा वैज्ञानिकहरूले चिम्पान्जी पियानोको धुनमा ताली बजाएको, तालमा खुट्टाको चाल मिलाउँदै कुद्ने गरेको पाइएको थियो।

यो अध्ययन ६ दिनसम्म ७ चिम्पान्जीमा दुई–दुई मिनेटको अन्तरालमा पियानोको धुनमा प्रयोग गरिएको थियो। चिम्पान्जी जसरी नाचेको थियो, त्यसरी मान्छेले नृत्य गर्छ।

विश्वविद्यालयका शीर्ष शोधकर्ता युको हटारीका अनुसार ती चिम्पान्जीलाई पहिले नै कुनै तालिम नदिएको तर धुन बजेलगत्तै अचानक उफ्रिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्