राष्ट्रपतिले स्मरणशक्ति गुमाए



साओ पाउलो, (एजेन्सी)।

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारो सोमबार राति आफ्नो सरकारी निवासको बाथरुममा चिप्लेर लड्न पुगेका थिए। उनको टाउकोमा चोट लागेको थियो। त्यसपछि केही समय उनले आफ्नो स्मरणशक्ति गुमाउन पुगे।

मंगलबार दिएको एक अन्तरवार्तामा उनले भने– ‘लडेपछि मलाई कुनै पनि कुरा याद थिएन। त्यतिबेला मैले आफ्नो स्मरणशक्ति गुमाएको थिएँ। आज म सबै कुरा स्मरण गर्ने प्रयास गरिरहेको छु , अहिले मलाई राम्रो छ।

हिजो मैले के गरेँ, केही याद छैन।’ ६५ वर्षीय बोल्सोनारो राष्ट्रपति भवन अलवोर्दा प्यालेसको वाथरुममा लडेपछि राजधानी ब्राजिलियाका आम्र्ड फोर्सेज हस्पिटलमा भर्ना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्