इन्टरनेट अवरुद्ध



तेहरान, (एजेन्सी)।

इरानका केही भागमा बुधबार इन्टरनेट सेवा अवरुद्ध भएको छ। केही राजनीतिक समीक्षकहरुले बिहीबार हुने भनिएको सरकारविरुद्धको विशाल विरोध प्रदर्शनलाई मध्यनजर राख्दै सरकारले सुनियोजित ढंगले नै यो कदम चालेको बताएका छन्।

अद्र्धसरकारी इरानी समाचार निकाय इल्नाले एकजना अज्ञात अधिकारीलाई उद्धृत गर्दै इन्टरनेट बन्द गर्न सरकारले नै आधिकारिक आदेश दिएको जनाएको छ।

मूल्यवृद्धिलाई लिएर गत महिना भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीहरुको दमनमा मारिएकाहरुको सम्झनामा विशाल र्याली आयोजना गरिन लागेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्