अनौठो चोर



डेनभर, (एजेन्सी)।

क्रिसमसभन्दा दुई दिन अगाडि एक बैंकबाट पैसा चोरी गरी त्यसलाई हावामा उडाउँदै सबैलाई क्रिसमसको सुभकामना दिएका एक बुजुर्ग प्रहरी हिरासतमा परेका छन्।

कोरोराडो स्प्रिंंग्सका प्रहरीका अनुसार सोमबार अपराह्न ‘सेतो दाह्री पालेका एक बुजुर्ग व्यक्तिले एकेडेमी बैंकमा चोरी गरेका थिए।

त्यसपछि बैंकबाट निस्केर आफ्नो झोलामा हात हाली पैसा निकाल्दै हावामा पैसा उडाउन थालेको एक प्रत्यक्षदर्शीले बताए। उनले त्यहाँ आइरहेका सबै बटुवालाई क्रिसमसको शुभकामना दिइरहेका थिए।

त्यसपछि उनी एक कफी पसलमा प्रहरीलाई कुरेर बसेका थिए। उनी ६५ वर्षीय डेविड वायने ओलिवर भएको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्