उत्तरकोरिया खतरा



वासिङटन, (एजेन्सी)।

अमेरिकाका पूर्वराष्ट्रिय सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नीतिको कडा आलोचना गरेका छन्। उनले उक्त एसियाली देशबाट आसन्न खतरा रहेको बताए।

ट्रम्पसँगको असहमति विशेष गरी उत्तर कोरियाली नीतिलाई लिएर बढ्दो असन्तोषबीच उनले सेप्टेम्बरमा सल्लाहकारको पद छोडेका थिए। अमेरिकी सेना र अमेरिकी सहयोगीमाथि खतरा जोडिएको र उत्तर कोरियासँग अमेरिकी भूमिलाई खतरा पुग्ने प्रविधि हात पर्नुअगाडि नै प्रभावकारी नीति आवश्यक भएको बोल्टनले ट्विट गरेका छन्। एक अन्तरवार्तामा प्योङयोङलाई अन्य देशमा क्षेप्यास्त्र हमला गर्न सक्षम बन्नबाट रोक्नुपर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्