बस खस्यो



जाकार्ता, (एजेन्सी)।

इन्डोनेसियामा एउटा यात्रुवाहक बस भिरालो खोँचमा खसेर नदीमा बजारिँदा कम्तिमा २६ जना मानिसको ज्यान जानुका साथै अन्य १४ जना घाइते भएको प्रहरीले मंगलबार जनाएको छ।

सोमबार राति दक्षिण सुमात्रा प्रान्तमा सडकबाट करिब १ सय ५० मिटर तल खसेको सो बसमा करिब ५० जना यात्रु सवार रहेका थिए। बेन्गकुलु शहरबाट सो बस पालेम्वाङतर्फ गइरहेको थियो।

स्थानीय समयअनुसार राति करिब ११ बजेर १५ मिनेट जाँदा लिकु लामाताङ क्षेत्रमा भएको यस दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्