खोजी कार्य बन्द



अकल्यान्ड, (एजेन्सी)।

न्युजिल्यान्डको प्रहरीले ह्वाइट आइल्यान्ड ज्वालामुखी विस्फोटनपछि हराइरहेका दुईजना व्यक्तिको शव खोज्ने काम मंगलबारदेखि रोकेको छ। यसै महिनाको शुरूमा भएको यस विस्फोटनका कारण १९ जनाको ज्यान गएको थियो भने दुईजनाको शवसमेत फेला परेको थिएन।

१७ वर्षिया विनोना जेन लान्गफोर्ड र ४० वर्षीय हेडेन ब्रयान मार्सल इन्मानका शव टापुदेखि पर जलीय क्षेत्रमा पुगेको हुनुपर्ने अनुमान गरिएको छ। ९ डिसेम्बरमा ज्वालामुखी विस्फोट हुँदा यस टापुमा ४७ जना पर्यटक रहेका थिए।

प्रतिक्रिया दिनुहोस्