नयाँ खलिफाप्रति संसय



पेरिस, (एजेन्सी)।

अमेरिकी विशेष बलको कारबाहीमा आफ्ना नेता अबु बकर अल बगदादी मारिएको केही दिनपछि इस्लामिक स्टेट संगठनले आफ्नो नयाँ नेताको नाम घोषणा गरेको थियो। नयाँ नेता अबु इब्राहिम अल हासमी अल कुरैसीको सही पहिचान अहिले रहस्य बनिरहेको छ। उनी को हुन् भन्ने विषयमा उक्त जिहादी संगठनका विशेषज्ञ हिशाम अल हासेमीले अनभिज्ञता व्यक्त गरे।

उनी आईएसका प्रमुख न्यायाधीश वा सिरिया कमिटीका नेता के हुन् भन्ने विषयमा आफूलाई धेरै जानकारी नभएको बताए। खलिफा घोषित गरिएका ती व्यक्ति अस्तित्वमा छन् वा छैनन् भन्ने पनि यकिन नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्