आईएस सक्रिय



बग्दाद, (एजेन्सी)।

दुई वर्षअघि इराकमा आफ्नो भूभाग गुमाएको इस्लामिक स्टेट (आईएस) समूह त्यहाँ पुन संगठित हुने कोसिस गरिरहेका संकेतहरू देखिन थालेका छन्।

कुर्दिस तथा पश्चिमी गुप्तचर अधिकारीले अहिले पुन सक्रिय हुनथालेका आईएस लडाकुको आक्रमण पनि बढिरहेको बीबीसीलाई बताएका छन्।

आतंकवादविरुद्धको प्रमुख कुर्दिस निकायका अधिकारी लाहुर तालावानीले अहिले आइएसका लडाकुहरू अल कायदाभन्दा बढी सशक्त र खतरनाक देखिएको दाबी गरेका छन्। तिनीहरू अहिले विगतको तुलना आर्थिक, प्रविधि हातहतियारमा बढी सशक्त देखिएको बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्