प्रमको अडान



सिडनी, (एजेन्सी)।

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले सोमबार जलवायु परिवर्तन र घातक वन डढेलो समस्यालाई लिएर आफ्नो व्यापक आलोचना भइराखेको भए तापनि लापरबाही ढंगले राष्ट्रको कोइला उद्योगको कटौती नगरिने स्पष्ट पारेका छन्।

भयानक डढेलोको कारण सेप्टेम्बर यता सयौं घर जलिसकेका छन् भने नौ जना व्यक्तिको ज्यान गइसकेको छ। देशमा विनाश लीला मचिरहेकाबेला बिदा मनााउन परिवारसँग हवाई गएको विषयलाई लिएर गत साता मोर्रिसनको व्यापक आलोचना भएको थियो। उनले हतारिएर आफ्नो नीतिमा कुनै परिवर्तन नल्याउने अडान व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्