भाजपा पराजित



राँची, (एजेन्सी)।

भारतको झारखण्ड राज्यको विधानसभा चुनावमा सत्तारुढ भाजपालाई ठूलो धक्का लागेको छ। यस राज्यको चुनावी परिणामले प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा पार्टीले बहुमतबाट धरे तल झरेको देखाएको छ।

यहाँको चुनाव कांग्रेस गठबन्धनले बहुमत हासिल गरेको छ। ८१ सिटको विधानसभामा भाजपाले २५ सिट मात्र हासिल गरेको छ भने कांग्रेस गठबन्धनले ४६ सिटसहित स्पष्ट बहुमत प्राप्त गरेको छ।

चुनावमा कांग्रेसको मात्र १६ सिट र झारखण्ड मुक्ति मोर्चाले ३० सिट हासिल गरेको छ। यस चुनावमा झारखण्डका मुख्यमन्त्री रघवर दास सरयु राय पनि पराजित भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्