आगलागीमा ९ ठहरै



नयाँ दिल्ली, (एजेन्सी)।

उत्तरपूर्वी दिल्लीको किराडी इलाकामा लुगाको एक गोदाममा भएको आगलागीमा नौ जनाको मृत्यु भएको छ। मध्यराति भएको उक्त आगलागीमा अन्य १० जना घाइते भएका छन्। दिल्ली अग्नीसमन सेवाले नौ जनाको मृत्यु भएको पुस्टी गरेको छ।

तीन तल्लाको उक्त भवनमा गोदाम भुई तल्लामा थियो। उक्त भवनमा आगलागी हुँदा बच्ने कुनै उपकरण थिएन।

घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ। हालै मात्र उत्तरी दिल्लीको एक कारखानामा भएको आगलागीमा ४३ जनाको मृत्यु भएको थियो। रानी झासी रोडस्थित कारखानामा सबै सुतिरहेको बेला आगलागी भएको थियो।

प्रतिक्रिया दिनुहोस्