म्याक्रोंको आग्रह



पेरिस, (एजेन्सी)।

फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंले क्रिसमसको बिदा मनाउने बेला मानिसलाई आवतजावत गर्दा डर त्रास फैलिने हुनाले यातायात युनियनलाई हडताल नगर्न आग्रह गरेका छन्।आइभोरी कोस्टको भ्रमणका क्रममा म्याक्रोंनले परिवार र पारिवारिक जीवनलाई सम्मान गर्दै मात्र हडताल गर्न सल्लाह दिएका छन्।

प्रस्तावित पेन्सन सुधार योजनाको विरोधमा दुई सातादेखि फ्रान्समा चलिरहेको हडतालको कारण त्यहाँको जनजीवन अस्तव्यस्त हुन पुगेको छ। टे«न सञ्चालक एसएन सिएफले क्रिसमसको बेला यातायात सेवा नराम्ररी प्रवाहित हुनसक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्