ठग्न नदिने ट्वाइलेट



लन्डन, (एजेन्सी)।

भिन्न बहाना गरी कार्यालयलाई ठग्ने कर्मचारीलाई तह लगाउन बेलायतको स्टार्टअपले ‘स्ट्यान्डर्ड ट्वाइलेट’ ले १३ डिग्री झुकेको सिट बनाएको छ। कम्पनीका अनुसार यसको प्रयोग गर्दा बाथरुममा बिताउने समय घटाउन सकिने छ।

मान्छेहरु यो कमोडको सिटमा ५ मिनेटभन्दा लामो समय बस्न नसक्ने स्टार्टअपको दावी छ। यो डिजाइन बेलायती ट्वाइलेट एसोसिएसन (बीटीए)को मद्दतबाट बनाइएको हो। यो अगाडि झुकेको छ।

यसमा बस्दा खुट्टाको मांसपेसीमा दबाब पर्छ। साथै व्यक्ति तल झरिरहने हुन्छ, जसले उसलाई असहज महसुस गराउँछ। परिणामस्वरुप सिटमा चाहेर पनि धेरैबेर बस्न नसक्ने हुन्छ।

प्रतिक्रिया दिनुहोस्