काश्मिरमा क्षेप्यास्त्र तैनाथ



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैसीले काश्मिरसँगको सीमामा भारतले क्षेप्यास्त्र तैनाथ गरिरहेको आरोप लगाउँदै संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई पत्र लेखेका छन्।

काश्मिरको गम्भीर स्थितिबाट विश्वको ध्यान मोड्न पाकिस्तानमाथि हमला गर्न सक्ने उनले उल्लेख गरेका छन्। यसबीच भारतीय सैन्य प्रमुख जनरल बिपिन रावतले सीमामा स्थिति कुनै पनि बेला बिग्रन सक्ने र सेना त्यसका लागि तयार रहेको बताएका थिए।

डिसेम्बर १२ मा सुरक्षा परिषद् र राष्ट्रसंघ महासचिवको नाममा पठाएको आफ्नो सातौं पत्रमा कुरैसीले भारतीय कारबाहीले दक्षिण एसियामा पहिलेदेखि रहेको तनाब झन् बढ्ने बताए।

प्रतिक्रिया दिनुहोस्