सडक दुर्घटना



मेक्सिको सिटी, (एजेन्सी)।

मेक्सिकोमा बुधबार भएको सडक दुर्घटनामा १४ जनाको मृत्यु भएको तथा मृत्यु भएका मध्ये पाँचजना बालबालिका रहेको प्रहरीले जनाएको छ। यस दुर्घटनामा अन्य १२ जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएको छ।

एउटा ट्रकसँग बस ठोक्किएपछि भएको आगलागीमा तिनीहरुको ज्यान गएको थियो। बसमा एउटै परिवारका सदस्यहरु रहेका थिए। गौन्जौटो शहरबाट पुएटी भाल्लार्तातर्फ गइरहेको सो बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। यस घटनामा घाइतेहरुलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्