दोस्रो विमानबाहक युद्धपोत



बेइजिङ, (एजेन्सी)।

चीनले स्वदेशी प्रविधिबाट निर्माण गरिएको आफ्नो दोस्रो विमानबाहक युद्धपोत सैन्य सेवामा समावेश गरेको छ। उक्त युद्धपोतलाइ दक्षिण चीन सागरस्थित एक महत्वपूर्ण प्रतिष्ठानबाट सागरमा उतारिएको थियो।

दक्षिण चीन सागरमा बेइजिङको दाबीलाई अमेरिका र त्यस क्षेत्रका अन्य देशको विरोध रहेको छ। सान्दोङ नामक उक्त युद्धपोत जल अवतरण समारोहमा चिनियाँ राष्टपति सी जिनपिङ उपस्थित भएका थिए।

चीनको पहिलो विमानबाहक युद्धपोत लिओनिङ भन्दा ठूलो सान्दोङमा ३६ विमान ओहोर दोहोर गर्न सक्ने बताइएको छ। लिओनिङको क्षमता २४ लडाकु विमानको हो।

प्रतिक्रिया दिनुहोस्