उत्तर कोरियाको पक्षमा प्रस्ताव



न्युयोर्क, (एजेन्सी)।

चीन र रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा उत्तर कोरियामाथि लगाइएका केही प्रमुख प्रतिबन्ध हटाउन ल्याएको प्रस्तावलाई अमेरिकाले अस्वीकार गरेको छ। त्यसका लागि समय नआइसकेको बताउँदै अमेरिकाले प्रतिबन्ध हटाउन हतार गर्न नहुने जनाएको छ।

रुस र चीनले उत्तर कोरियाका नागरिकको आजीवन उकास्न कोइला, फलाम, फलामजन्य वस्तु र कपडा निर्यातमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने जनाएका थिए। यस प्रस्तावमा विदेशमा कमाउन गएका सबै नागरिकलाई डिसेम्बर २२ सम्ममा फिर्ता उनीहरुकै देशमा पठाउनुपर्ने निर्णय पनि रद्द गर्नुपर्ने जनाएका थिए।

प्रतिक्रिया दिनुहोस्