नेता पत्नी पक्राउ



हरारे, (एजेन्सी)।

मुद्रा अपचलन गरेको आरोपमा जिम्बावेका उपराष्ट्रपतिकी पत्नीलाई प्रहरीले पक्राउ गरेको छ। उपराष्ट्रपति कोन्स्टान्टीनो चिवेंगाकी पत्नीलाई पक्राउ गरिएको जिम्बावेको भ्रष्टाचारविरुद्धको आयोगका एकजना अधिकारीले सोमबार पुष्टि गरेका छन्।

आयोगका प्रवक्ता जोन माकामुरेले ३८ वर्र्षीया म्यारी मुबैवालाई शनिबार नै पक्राउ गरिएको जानकारी दिएका छन्।मुबैवालाई सार्वजनिक कोषको रकमलाई आफ्नो बनाएको सम्बन्धी छ वटा, मुद्रा अपचलनसम्बन्धी पाँच वटा र जालसाझीसम्बन्धी एउटा मुद्दा पनि लगाइएको उनले जानकारी दिएका छन्। सरकारले केही समय यता भ्रष्टाचारविरुद्ध कडा कदम चालेको छ। 

प्रतिक्रिया दिनुहोस्