प्रधानमन्त्रीको प्रस्ताव



सोल, (एजेन्सी)।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले मंगलबार पूर्वसभामुख चुंग स्ये क्युनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न प्रस्ताव अघि सारेका छन्। उनले आफ्नो पाँच वर्षे कार्यकालको दोस्रो आधा कार्यकालका लागि क्युनलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राखेको सरकारी सञ्चार माध्यमले जनाएको छ।

महत्वपूर्ण प्रशासनिक नेतृत्वदायी जिम्मेवारीलाई प्रधानमन्त्रीका रूपमा क्युनले सफलतापूर्व सम्पन्न गर्ने राष्ट्रपति मुनले विश्वास व्यक्त गरेका छन््। सफल व्यवसायी र वाणिज्य, उद्योग र उर्जा मन्त्रालयसमेतको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसकेकाले उनले यो जिम्मेवारी पनि कुसलतापूर्वक पुरा गर्ने अपेक्षा गरिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्