खानी विस्फोट



बेइजिङ, (एजेन्सी)।

दक्षिण–पश्चिम चीनमा मंगलबार एक कोइला खानीमा भएको विस्फोटमा १४ जनाको मृत्यु भएको छ। खानीमा अझै २ जना फसेका छन्। राति उक्त दुर्घटना हुँदा खानीमा २३ मजदुर काम गरिरहेका थिए। ७ मजदुरलाई बचाइएको अधिकारीहरुले बताए।

१४ वटा शव बरामद भइसकेको र २ मजदुर अझै फसिरहेको ती अधिकारीहरुले बताए। अनलोङ काउन्टीको गुआङलोङ खदानमा विस्फोट भएको स्थानीय सरकारले जानकारी दिएको छ।

उद्धार तथा जाँच कार्य जारी रहेको अधिकारीहरुले बताए। सुरक्षासम्बन्धी दिशा–निर्देशको सही तरिका पालना नहुनुले चीनमा खानी दुर्घटना हुने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्