ब्राजिलले दूतावास सार्ने



जेरुसलम, (एजेन्सी)।

ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोका छोरा एडुअर्डो बोल्सोनारोले छिट्टै उनका पिताले इजरायलको तेल अभिबस्थित दूतावासलाई जेरुसलममा सार्ने बताए। यो कुनै ठूलो कुरा नभएर सामान्य भएको उनले बताए।

यसै वर्षका चुनाव अगाडि जायर बोल्सोनारोले जेरुसलममा ब्राजिलले दूताबास खोल्ने प्रतिबद्धता व्यक्त गरेका थिए। जेरुसलममा ब्राजिलको व्यापार कार्यालयको उद्घाटनका क्रममा एडुअर्डोले उक्त घोषणा गरेका हुन्।

उक्त कार्यक्रममा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु पनि उपस्थित थिए। राष्ट्रपति बोल्सोनारो यहुदी समुदायका समर्थक मानिन्छन्। चुनाव जितेपछि उनी मार्चमा इजरायल पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्