महिलालाई प्राथमिकता



न्युयोर्क, (एजेन्सी)।

संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओवामाले विश्वका हरेक राष्ट्रका नेतृत्वको जिम्मेवारी महिलाले सम्हाल्ने हो भने आम मानिसको जीवनस्तरमा सुधार आउने प्रतिक्रिया दिएका छन्।

सोमबार सिंगापुरमा बोल्ने क्रममा उनले महिलाहरू सर्वगुण सम्पन्न नभए पनि पुरुषभन्दा स्पष्टरूपमा राम्रो रहेको बताएका छन्। ओवामाले वृद्ध र त्यासमाथि पनि पुरुषले सत्ता ओगटेर बसेकाले विश्वका अधिकांश समस्या आएको विचार व्यक्त गरेका छन्। उनले राजनीतिक धु्रवीकरण र झुठा प्रचारबाजीमा सामाजिक सञ्जालको प्रयोगबारे पनि बोलेका थिए।

प्रतिक्रिया दिनुहोस्