प्रहरीको हत्या



मेक्सिको सिटी, (एजेन्सी)।

एक साताभित्र मध्य मेक्सिकन राज्य गुआनाजुआतोमा १२ जना प्रहरी अधिकारी मारिएको सोमबार स्थानीय सञ्चार माध्यमले जनाएका छन्। मारिनेमध्ये एक लोकप्रिय महिला प्रहरी अधिकारी मारिया सोनिया एरेल्लानो पनि रहेकी छिन्।

उनलाई पति र छोरोसहित इरापुआतो शहरबाट अपहरण गरिएको थियो। उनका पति र छोरोलाई केहि समयपछि मुक्त गरिएको थियो भने उनको अंगभंग गरिएको शव गाडिएको अवस्थामा फेला पारिएको थियो। कुख्यात अपराधी समूह कार्टेल जालिस्को नुएभा जेनेरासियनले सो हत्याको जिम्मेवारी लिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्