सैनिक फिर्ताको सम्भावना



वासिङटन, (एजेन्सी)।

ट्रम्प प्रशासनले अफगानिस्तानबाट ४ हजार सैनिक फिर्ता बोलाउने घोषणा गर्न सक्ने अमेरिकी सञ्चार माध्यमको दाबी छ। अमेरिका र तालिवानबीच वार्ता एक हप्ता अगाडि भएको थियो। दुवै पक्षले हिंसा घटाउनतर्फ जान वा संघर्ष विरामसम्म पुग्ने इच्छा व्यक्त गरेका थिए।

अफगानिस्तानमा हाल १३ हजार अमेरिकी सैनिक छन्। सीएनएनसँगको वार्तामा ट्रम्प प्रशासनका एक अधिकारीले ४ हजार सैनिक फिर्ता बोलाउने घोषणा यसै हप्ता हुन सक्ने उल्लेख गरेका थिए। तालिवान र अमेरिकाबीच वार्ता विगत १८ वर्षदेखिको गृहयुद्ध तथा संघर्ष टुग्याउने प्रयास हुनेछ।

प्रतिक्रिया दिनुहोस्