शक्तिशाली भूकम्प



मनिला, (एजेन्सी)।

फिलिपिन्सको दक्षिणी मिन्दाओ टापुमा आइतबार ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको भूगर्भविद्हरूले बताएका छन्। सोही क्षेत्रमा अक्टोबरदेखि पटक पटक भूकम्प गइसकेको छ।

फिलिपिनी ज्वालामुखी तथा भूकम्प प्रतिष्ठानले बाक्लो आवादी रहेको डाभाओ शहरमा घरहरू हल्लिन थालेपछि मानिसहरू दौडेर सडकमा आएको जनाएको छ।

धनजनको क्षति विवरण प्राप्त भएको छैन। अमेरिकी भूगर्भ सर्वेक्षण निकायले सुनामी आउने संकेत नरहेको जनाएको छ। फिलिपिन्स प्रशान्त महासागर नजिकको अति भुकम्पीय क्षेत्रमा पर्दछ।

प्रतिक्रिया दिनुहोस्