चीनको चेतावनी



बर्लिन, (एजेन्सी)।

जर्मनीका लागि चीनका राजदूतले ५ जी वायरलेस उपकरण आपूर्तिकर्ता हुवावे टेक्नोलोजी कम्पनीलाई जर्मनीले निषेध गरेमा त्यसको बदला लिने चेतावनी दिएका छन्। चीनमा बिक्री हुने जर्मन गाडी निर्माताका लाखौं गाडीप्रति लक्षित गर्दै उनले भनेका हुन्।

‘यदि जर्मनीले हुवावेलाई जर्मन बजारबाट बाहिर राख्ने निर्णय गर्छ भने त्यसको परिणाम भोग्नु पर्नेछ’ –वु केनले बताए। जर्मन चान्सलर एन्जेला मर्केलको गठबन्धन सरकारमा रहेका केही विधायक हुवावेविरुद्ध प्रतिरोधमा खरो उत्रिरहेको बेला राजदूतको उक्त भनाइ आएको हो।

प्रतिक्रिया दिनुहोस्