भारतीय कानुनको विरोध



ढाका, (एजेन्सी)।

बंगलादेशको प्रमुख प्रतिपक्षी दल बंगलादेश नेसनल पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगिरले भारतले हालै ल्याएको नेसनल रजिस्टर अफ सिटिजन अर्थात एनआरसी कानुनको कडा विरोध गरेको छ।

नागरिकसम्बन्धी उक्त कानुनले बंगलादेशको स्वतन्त्रता र सम्प्रभुतालाई खतरा पर्ने उनले बताए। एनआरसीले बंगलादेशलाई मात्र नभई पुरै उपमहाद्विपलाई अस्थिर पार्ने उनले बताए।

एनआरसीले यस उपमहाद्विपमा संघर्ष र हिंसामा वृद्धि गराउने उनले बताए। एनआरसीको प्रमुख उद्देश्य उदारवादी तथा धर्म निरपेक्ष राजनितिलाई नष्ट गरी साम्प्रदायिक राजनीति स्थापित गर्नु रहेको उनले आरोप लगाए।

 

प्रतिक्रिया दिनुहोस्