घाइतेको मृत्यु



अकल्यान्ड, (एजेन्सी)।

न्युजिल्यान्डको ह्वाइट आइल्यान्ड ज्यालामुखी विस्फोटमा घाइते भएर अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार बताएको छ। परिचय नखुलाइएका ती व्यक्तिको अस्ट्रेलियाको एक अस्पतालमा मृत्यु भएको हो।

नराम्ररी जलेका उनलाई राम्रो उपचारका लागि अस्ट्रेलियामा पठाइएको थियो। केही दिनअघि भएको विस्फोटमा जल्न पुगेका अन्य करिब २० जनाको सघन कक्षमा उपचार भइरहेको छ। योसमेत गरी यस प्राकृतिक प्रकोपमा मर्नेको संख्या १६ पुगेको छ। अझै घटना स्थलमा दुईवटा शव रहेका छन्।

प्रतिक्रिया दिनुहोस्