जाली पक्राउ



रियो डी जेनेरो, (एजेन्सी)।

उत्तरी ब्राजिलमा आफ्नी आमालाई सवारी चलाउने अनुमतिपत्र दिलाउनका लागि आमाको भेष धारण गरेको अभियोगमा एकजना ४३ वर्षिय पुरुषलाई गिरफ्तार गरिएको प्रहरीले बिहीबार जनाएको छ।

आफ्नी ६० वर्षीया आमा हेइतोर सस्कयाभ तीन पटक ड्राइभिंग टेस्टमा फेल भएपछि पेसाले मेकानिक तथा नाम नखुलाइएका ती व्यक्तिले सो चुनौती उठाउने आँट गरेका थिए। हातका औंलामा पालिस, फुलबुटे ब्लाउज र विग लगाएर उनले नोभा मुटुमा पारानामा टेस्टका लागि कार चलाउन अभ्याइ सकेका थिए। तर परिचयपत्रको तस्वीरसँग अनुहार नमिलेपछि पोल खुलेको थियो।

प्रतिक्रिया दिनुहोस्