भ्रमण रद्द



ढाका, (एजेन्सी)।

बंगलादेशका विदेश मन्त्री अब्दुल मोमिन र गृहमन्त्री असदुज्जमान खानले आफ्नो भारत भ्रमण रद्द गरेका छन्। विदेश मन्त्री मोमिन १२ देखि १४ डिसेम्बरसम्म आफ्नो दुई दिवसीय भारत यात्रामा जाने तयारीमा थिए। उनी शुक्रबारको एक पूर्वनिर्धारत कार्यक्रमअन्तर्गत भारत जाने कार्यक्रम थियो।

यद्यपि यात्रा रद्द हुनुको कुनै कारण बताइएको छैन। मोमिनको भ्रमण रद्द हुनुमा देशको आन्तरिक स्थिति जिम्मेवार भएको समाचार एजेन्सी एएनआईले जनाएको छ। यसअघि मोमिनले भारतको नयँँ नागरिक संशोधन बिललाई लिएर बंगलादेशमा हिन्दूउत्पीडन भइरहेको भारतीय गृहमन्त्री अमित साहको बयानमा विरोध जनाइकेको छ।

प्रतिक्रिया दिनुहोस्