अस्पतालमा तोडफोड



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानको लाहोर शहरस्थित एउटा अस्पतालमा वकिलहरुको समूहले तोडफोड अचानक गर्दा तीनजना बिरामीको ज्यान गएको छ। सयौंको संख्यामा आएका ती वकिलहरुको समूहले लाहोरस्थित पञ्जाव इन्सटिच्युट अफ कार्डियोलोजीभित्र प्रवेश गरेर आतंक मच्चाएको प्रहरीले जनाएको छ।

अस्पतालभित्रै आक्रमण भएपछि उपचार नपाएर ती बिरामीको बुधबार मृत्यु भएको बताइएको छ। अस्पतालमा वकिलहरुले डाक्टर, गार्ड र अन्य स्टाफमाथि हमला गर्नुका साथै त्यहाँका सवारी साधनहरू पनि जलाएका छन्। विगतमा गत डाक्टरहरू र एक वकिलबीच भएको झगडाको बदलामा यो आक्रमण भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्