राष्ट्रपतिको आदेश

0
Shares

एल साल्भाडोर, (एजेन्सी)।

चिलीका राष्ट्रपति सेवासियन पिनेराले आफ्ना रक्षामन्त्री तथा वायु सैनिक प्रमुखलाई सोमबार अन्टार्कटिकातर्फ उड्ने क्रममा हराएको वायु सैनिक विमान पत्ता लगाउनका लागि जुनसुकै विकल्प अपनाउन आदेश दिएका छन्।

३८ जना मानिस बोकेको उक्त सी –१३० विमानले स्थानीय समयअनुसार बिहान ६ बजेर १३ मिनेट जाँदा नियन्त्रण कक्षसँग अन्तिम पटक सम्पर्क गरेको थियो। रक्षामन्त्री अल्वर्टो एस्पिना मंगलबारको खोजी कार्यले ठोस उपलब्धि प्राप्त गर्न नसकेको बताएका छन्। त्यस विमानलाई अन्तिम पटक ड्रेक प्यासेजमा देखिएको थियो।