नोवेल शान्ति पुरस्कार प्रदान

0
Shares

ओस्लो, (एजेन्सी)।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई छिमेकी देश इरिट्रियासँग लामो समयसम्म चलेको संघर्ष अन्त्य गर्न उनले गरेको प्रयासका लागि नोवेल शान्ति पुरस्कार प्रदान गरिएको छ।

ओस्लो सिटी हलमा आयोजित औपचारिक कार्यक्रममा प्रतिष्ठित पुरस्कार ग्रहण गरेपछि अबीले भने– ‘म इथियोपिया र इरिट्रियाका तफएबा यो पुरस्कार स्वीकार गर्दछु। इरिट्रियाका राष्ट्रपति इसाइस अफ्वर्कीका तर्फबाट पनि पुरस्कार स्वीकार गरेको उनले बताए।इसाइसको सद्भावना, विश्वास र प्रतिबद्धताले नै दुई देशबीच दुई दशक पुरानो गतिरोध अन्त्य गर्न महत्वपूर्ण भूमिका निभाएको उनले बताए।