पूर्वप्रमलाई कैद



अल्जियर्स, (एजेन्सी)।

एउटा ठूलो भ्रष्टाचार काण्डमाथिको गम्भीर अनुसन्धानको क्रममा मंगलबार अल्जेरियाको एक अदालतले दुईजना पूर्वप्रधानमन्त्रीलाई लामो काराबास सँजाय सुनाएको छ। तिनीहरूमध्ये अहमद उयाहियालाई १५ र अब्देलमालेक सेल्लाललाई १२ वर्ष लामो कैद तोकिएको छ।

तिनीहरू दुवैलाई एउटा कार उत्पादन कम्पनी काण्डमा आफ्नो पदीय अधिकार दुरुपयोग गरी सरकारी रकम हिनामिना गरेको अभियोग लगाइएको थियो। सन् १९६२ मा फ्रान्सबाट स्वाधीनता हासिल गरे यता अल्जेरियामा पहिलोपटक यसरी पूर्वप्रधानमन्त्रीविरुद्ध मुद्दा चलाइएको हो।

 

प्रतिक्रिया दिनुहोस्