के नेपालमा चिनियाँ  रेल कुद्ला ? 



नेपाल इतिहासमै यतिखेर चीनसँग बढी नजिकिएको छ। राजनीतिक, आर्थिक या अन्य हिसाबले पनि यी दुई छिमेकीबीच पछिल्लो समयमा धेरै कुरा आदानप्रदान भएका छन्। यो आदानप्रदानको मात्रा पछिल्ला वर्षहरूमा बढ्दो छ। चीनको बीआरआई आयोजनामा नेपालको सहभागिता पनि यसको सबैभन्दा ओझिलो उदाहरण हो। त्यसैले अब यसबाट लाभान्वित हुने योजना बनाउनुपर्छ।

चीनजस्तो समृद्ध छिमेकी पाउनु हाम्रा लागि खुशीको कुरा हो।तर, छिमेकीको समृद्धिबाट कति र कसरी लाभ लिने भन्ने कुरा हाम्रो क्षमतामा भर पर्छ। चीनले नेपाललाई पनि आफ्नो समृद्धिको रेलमा सवार गराउन चाहेकै छ तर तानेर लाने होइन, रेल चढ्न आफैं सक्षम हुनुपर्छ।

नेपाल चीनले दक्षिण एसियामा गर्ने लगानीको लागि ‘ट्रान्जिट प्वाइन्ट’ पनि हुन सक्छ। चिनियाँ रेल नेपाल आउँदा यहाँ मात्र बस्दैन शायद भारतसम्मै पुग्छ। भारत हुँदै अन्त पनि जान्छ। त्यतिखेर नेपाल दक्षिण एसियाको व्यापारिक केन्द्र पनि बन्न सक्छ।
त्यो रेल यहाँ आउँदा सवा सय करोडभन्दा बढी जनसंख्या रहेको देशका पर्यटक भित्रिन्छन्। त्यसैले अहिले सबै नेपालीले सोधिरहेका छन्, ‘के नेपालमा चिनियाँ रेल कुद्ला ?’ यो प्रश्नको उत्तरका लागि अहिले अनुत्तरित नै रहेका रेलमार्ग निर्माणको लगानी कस्तो र कसको हुने तथा कसरी निर्माण गर्ने भन्नेजस्ता प्रश्नहरूको उत्तर जति सक्दो चाँडै पहिल्याउँदा राम्रो हुन्छ।
– सञ्चिता सुनार, सामाखुशी, काठमाडौं।

प्रतिक्रिया दिनुहोस्