चीन लक्षित विधेयक



वासिंगटन, (एजेन्सी)।

अमेरिकी प्रतिनिधि सभाले चीनमा मुस्लिम समुदाय उइघुरलाई जथाभावी हिरासतमा लिएर यातना र उत्पीडन दिने गरेको घटनालाई चुनौती दिने भन्दै एउटा नयाँ विधेयक पारित गरेको छ। यस विधेयकमा चिनियाँ सरकारका सदस्यमाथि नाकाबन्दी लागउने लक्ष्य उल्लेख गरिएको छ।

यसरी नाकाबन्दी लागाइने नामावलीमा स्वायत्त सिन्जियांग क्षेत्रका चिनियाँ कम्युनिस्ट पार्टीका सचिव चेन क्वाँगुओ पनि रहेका छन्। तर यस विधेयकमाथि सिनेट र राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अनुमोदन हुनु बाँकी नै रहेको छ। चीनले अमेरिकाको यस कदमको विरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्