ह्यारिसद्वारा नाम फिर्ता



वासिङटन,(एजेन्सी)।

अमेरिकामा सन् २०२० मा हुन गइरहेको राष्ट्रपति पदको चुनावमा डेमोक्र्याटिक पार्टीका उम्मेदवारका आकांक्षी तथा भारतीय मुलकी सिनेटर कमला ह्यारिसले अचानक नाम फिर्ता लिएकी छन्। आफ्नो अभियानलाई जारी राख्न पर्याप्त धन नभएको उनले बताइन्।

क्यालिफोर्नियाबाट सिनेटर रहेकी ५५ वर्षीय ह्यारिस आगामी चुनावमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिनेहरू मध्येमा नाम फिर्ता गर्ने उच्च ओहादाका पहिलो व्यक्ति हुन्। उनले आफ्ना समर्थकप्रति आभार व्यक्त गर्दै नाम फिर्ता गर्नुपरेकोमा दुःख लागेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्