कमान्डर समातिए



दमास्कस,(एजेन्सी)।

इराकी सुरक्षा बलले आईएस नेता अबु बकर अल बगदादीका सहायक कमान्डरलाई गिरफ्तार गरेको दाबी गरेको छ। इराकी प्रहरीले मंगलबार पक्राउ परेका जिहादीको नाम अबु खाल्दुन भएको विज्ञप्तिमा उल्लेख गरेको छ। उनी अल बगदादीका सहयोगी हुन्।उनलाई उत्तरी किरकुक प्रान्तका हबिजा इलाकाको एक अपार्टमेन्टबाट प्रक्राउ गरिएको हो।

अबु खाल्दुनबाट फर्जी पासपोर्ट पनि बरामद भएको र त्यसको प्रयोग आफ्नो पहिचान लुकाउन गरिरहेको बताइएको छ। उक्त पासपोर्टमा उनको नाम शालन उबिद लेखिएको थियो। इराकी प्रहरीले ट्विटर ह्यान्डलमा उनको तस्वीर पोस्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्